१० चैत्र ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।
शनिबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको कार्यालय बैठकले प्रदेश इन्चार्ज हेरफेर गरेको हो ।
प्रवक्ता पम्फा भूसालले प्रदेश नम्बर १ को इन्चार्जमा राम कार्की, प्रदेश नम्बर २ को इन्चार्जमा विश्वनाथ साह, प्रदेश नम्बर ४ को इन्चार्जमा हितराज पाण्डे, प्रदेश नम्बर ५ को इन्चार्जमा मणि थापा र प्रदेश नम्बर ६ को इन्चार्जमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको बताइन् ।
माओवादी कार्यालय बैठकले यादव, पुन र बस्नेत मन्त्री बनेपछि पार्टीको जिम्मेवारी हेरफेर गरिएको हो । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र प्रदेश ७ का लेखराज भट्ट भने यथावत छन् ।
प्रदेश ४ का इन्चार्ज देव गुरुङ प्रमुख सचेतक भएका छन् भने प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई पार्टी एकताविरोधी गतिविधि गरेको भन्दै माओवादी केन्द्रले यसअघि नै कारबाही गरेको थियो ।













