नेकपा विप्लप समूहले गैरकानुनी गतिविधिहरु गर्दै आएको र अहिले मुख्य निशानामा उपत्यका परेको छ- गृहमन्त्री

१३ जेठ ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केही समय यता नेकपा नेक्रवित्रम चन्द नेतृत्वको समूहले संविधान, शान्ति र राज्य व्यवस्थाको विरुद्ध गैरकानुनी गतिविधिहरु गर्दै आएको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले देशभर चन्द समूहले देशभर विस्फोट र आगजनी गरेको बताउँदै आइतबार साँझ भएको बम बिस्फोटमा ४ जनाको मृत्यु हुनका साथै आधा दर्जन भन्दा बढी घाइते भएको बताए ।

उनीहरुले विष्फोटक पदार्थ बनाउँदै गर्दा प्राविधिक कारणले गर्दा विष्फोट हुँदा ४ जनाको मृत्यु हुनका साथै आधा दजर्न भन्दा बढी घाइते भएको र सबै विप्लव समूह सम्बद्ध रहेको बताए ।

संसदमा बोल्दै मन्त्री थापाले नेकपा विप्लव समूहले जनसरकारको रुपमा जनपरिषद् र जनसेनाको रुपमा चार कम्पनी निर्माण गरी सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका समेत बताए । उनले उक्त समूहको गैर कानुनी गतिविधि गर्दै आएको र अहिले मुख्य निशानामा उपत्यका परेकोले त्यसलाई समाधान गर्न सरकार लागि परेको बताए ।

गृहमन्त्री थापाले उक्त समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको बताउँदै भने– ‘हामी यो समूहलाई मुल धारमा ल्याउन र उनीहरुको गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध छौं ।’

उनले केही दिन अघि पाँचथरमा घटेको घट्ना दुःखत रहेको भन्दै चाँडोभन्दा चाँडो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेका थिए ।

उनले बम बिस्फोटमा मृत्यु भएका र पक्राउ परेकाहरुलाई ‘गैर नागरिक’ भनेर गरेको टिप्पणीमा भने सांसदहरुले आपत्ति जनाएका थिए । जवाफमा गृहमन्त्री थापाले जसले कानुन र संविधान विपरित गैर कानुनी अपराधिक कार्य गर्छ त्यसलाई सामान्य नागरिक भन्न नमिल्ने बताएका थिए ।

तपाइको मत