३० भदौ, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बिहीबार गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले प्रशंसनीय भूमिका खेलेको बताएका छन् ।
प्रधानमन्त्रीले नेपाली समुदाय जहाँ रहे पनि नेपालको परिवर्तनको प्रक्रियामा महत्वपूर्ण भूमिकामा नै काम गर्दै आइरहेको बताउँदै अब मुलुकको आर्थिक विकास र समृद्धिका लागि पनि प्रवासी समुदायको भूमिका प्रभावकारी हुनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहाललाई अखिल भारत नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको टोलीले व्यापार सहजीकरण, दुई देशको सम्बन्ध लगायत विषयमा १५ बुँदे ज्ञापन-पत्र बुझाएको छ ।