७ फागुन ०७८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे बोल्दै असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने बताएका छन् ।
शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘कुनै पनि शक्ति राष्ट्रले निर्माण गरेको ब्लकमा सामेल भइने छैन’, अध्यक्ष नेपाल भने, ‘नेपालको संविधान र कानुनलाई तल पार्ने काम गर्न दिइने छैन ।’













