नेपालको संविधान र मधेश मुक्तिको सवालमा अन्तरक्रिया सम्पन्न

bara

रामबाबु मेहता
३ असोज, कलैया । नेपालको संविधान घोषणाको एक वर्ष पुरा भएको उपलक्ष्यमा बाराको कलैयास्थित साह गेष्टमा नेकपा माओवादी केन्द्रको कलैया नगर कमिटी आयोजनामा नेपालको संविधान र मधेश मुक्तिको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले बर्तमान संविधानमा उत्पीडनमा परेका नागरिकको अधिकारलाई हदैसम्म कटौती गरेको कारण संविधान दिवसका दिन काठमाडौमा दिपावली र मधेशमा ब्लैक आउट गर्नु पर्ने स्थिति सृजना भएको बताएका छन् ।

जारी संविधानमा धर्म निरपेक्षता, समानुपातिक, समावेसी गणतन्त्र लगायतका कुराहरु लेखिएको तर त्यसको पछाडि प्रतिबन्धात्मक वाक्य लेखिएको समेत बताए ।

सरकारको प्रमुख कार्यभार नै सविधान संशोधनमार्फत मधेशी, जनजाति, आदिवासी लगायतका उत्पीडनमा परेको नागरिकको हक स्थापित गराउनु हुनु पर्ने समेत बताएका छन् ।

नागरिक समाज बाराका अध्यक्ष सुख प्रसाद चौधरीले स्थानीय निकाय पुनर्संरचनामा मधेशमा ५१ प्रतिशत जनसंख्या रहेकोमा १८८ गाउँपालिका र पहाडमा ४९ प्रतिशत जनसंख्या रहेकोमा ३७७ गाउँपालिका बनाउने कार्यले देशमा मधेशी र पहाडी बिच दुरी बढाउने बताए ।

जनसंख्या र भूगोलको समेत अधार मान्दा पनि यति अन्तर हुन नहुने भन्दै यो कदमलाई सरकारले सच्याउनु पर्ने बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रका राम नरायण पाल, रामबाबु यादव, उमेश यादव, प्रभु प्रसाद यादव, महिला नेत्री मिना सिह,  नेपाल किसान मजदुर पार्टी बाराका अध्यक्ष मुक्ति यादव, प्रेस सेन्टर नेपालका रामबाबु मेहता र गम्भीरा सहनी लगायतकाले संविधान संशोधन गरी मधेशको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

नगर संयोजक मुकेश साहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया रोपन यादवले सञ्चालन गरेका थिए ।

तपाइको मत