नेपालमा भेटियो कोरोना भाइरस, १९ वर्षीया युवती संक्रमित !

१० चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमित फेला परेको पुष्टि गरेको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट हालै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोराना फेला परेको बताएका हुन् ।

“उहाँ महिला हुनुहुन्छ, विद्यार्थी हाे, १९ वर्षको हुनुहुन्छ” स्वास्थ्यमन्त्री ढकालले भने, “हाेम क्वारेन्टाइनमा हुनुहुन्थ्यो, रिपोर्ट पाेजेटिभ आएपछि अस्पताल पुर्‍याएका छाैं ।”

उनले ती युवतीको नाम र ठेगाना नखुलाई यस रोगका विरुद्ध सबै एकजुट भएर लड्न आग्रह गरेका छन् ।

मन्त्री ढकालले १० दिन अघि पनि एक व्यक्तिमा कोराना भाइरस पोजिटिभ देखिएको तर अहिले उनको रिर्पोट नेगेटिभ आइसकेको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ सय ८६ देश कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित रहेको छ भने संसारभर १४ हजार ६०० मानिसको ज्यान गइसकेको छ ।