२४ पुस ०७९, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङ्गले नेपाल र चीन दुई देशबीच हार्दिक सम्बन्धको विकास गर्न चीन सधैं इच्छुक रहेको बताएका छन् ।
नेपालका लागि चीनका २२ औं राजदूत सोङ्गले आइतबार काठमाडौं आइपुगे लगतै दुई देशबीच हार्दिक सम्बन्ध विकास गर्न चीन सधैं इच्छुक रहेको बताउँदै नेपालमा सबैसँग मिलेर काम गर्न चाहेको बताएका हुन् ।
आफ्नो कार्यकालमा चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ अध्याय थप्ने गरी भूमिका खेल्ने बताउँदै उनले भने, ‘नेपालमा रहँदा सबैसँग निकट सम्बन्ध बनाउँदै दुवै देशका नागरिकको लाभका निम्ति काम गर्नेछु ।













