नेपालले दोस्रो चरणको अन्तिम खेल जोर्डनसँग खेल्दै

काठमाडौं । नेपाली टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेल बलियो प्रतिद्धन्द्धी जोर्डनसँग खेल्दैछ ।

नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार आज मंगलबार राति ९ बजेर ४५ मिनेट जाँदा अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

सन् २०११ को जुलाई २३ मा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग उसकै घरेलु मैदानमा ९–० गोलको हार व्यहोरेको नेपालले आज बदला लिने तयारीमा देखिन्छ ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जित निकाल्दै ३ अंक बनाएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग ७–० गोल अन्तरले हार ब्यहोरेको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै अष्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको थियो ।

शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन रहको छ भने नेपाल चौथो स्थानमा छ ।

तपाइको मत