७ असार ०७७, काठमाडौं । नेपाली कांग्रेसले यसअघिदेखिका प्रचलित मान्यताअनुसार नै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताएको छ ।
आइतबार बिहान कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर प्रचलित मान्यताअनुसार नै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताएको हो ।
शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेपाली नागरिकसँग विवाह गरेर आउने महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिनु उचित हुने निर्णय गरेसँगै काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।
बैठकपछि कांग्रेस नेता प्रकाशशरण महतले पुरानै व्यवस्थाअनुसार अंगीकृत नागरिकता दिनुपर्छ भन्ने अडान राख्ने बताएका छन् ।
आइतबार बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेकपाको सांसदहरूको तयारी जे जस्तो हुन्छ त्यहीअनुसार काँग्रेस अघि बढ्ने बताए ।