४ चैत्र ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी रत्न राजमार्गअन्तर्गत सुर्खेतको सत्तरीमा दुर्घटनामा परेको छ ।
आइतबार वीरेन्द्रनगरस्थित घरबाट छिञ्चु जाने क्रममा सुर्खेतको सत्तरीमा खड्का सवार बा १५ च ८३५२ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको हो । खड्काको छाती र खुट्टा तथा उनका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक (सई) सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ ।
प्रहरीका अनुसार मोड्ने क्रममा अचानक पांग्रा लस्किएपछि गाडी दुर्घटनामा परेको हो । उनीहरु दुवैको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।