नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली बिहीबार इरान प्रस्थान गरेको छ ।

एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को छनाेट प्रतियोगितामा सहभागी हुन  १४ खेलाडी तथा ९ अफिसियलसहित २३ जनाको टोली इरान प्रस्थान गरेको हो ।

इरान प्रस्थान गर्नु अघि आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीलाई शुभकामनासहित बिदाई गरे । बिदाई समारोहमा एन्फा अध्यक्ष श्रेष्ठले ढिलै भएपनि एन्फाले फुटसल राष्ट्रिय टोली बनाएको र अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान रहनेगरी प्रदर्शन गर्न टोलीलाई शुभकामना दिए ।

अखिल नेपाल फुटबल संघ एन्फाले गत महिना मात्र छनोट गरेको राष्ट्रिय फुटसल टोलीको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

नेपाली टोलीले आगामी आइतबार उज्वेकिस्तान, सोमबार कीर्गिस्तान र मंगलबार तुर्किमिनिस्तानसँग तीन खेल खेल्ने छन् ।

 

तपाइको मत