काठमाडौं । नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य उपकरणहरु नेपाल आउन थालेको छ ।
सेनाले जेठ ७ गते बुधबार ७ वटा कन्टेनर र जेठ ८ गते बिहीबार ८ वटा कन्टेनर काठमाडौं आइपुग्ने बताएको छ ।
यसअघि जेठ ३ गते तातोपानी नाका हुँदै १० वटा कन्टेनरबाट २ सय ६५ क्युविक मिटर सामान नेपाल आइसकेको थियो ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य तथा औषधीजन्य उपकरणहरु नेपाल सरकारलाई हस्तान्तरण गर्दै जाने बताए ।
नेपाली सेनाले मन्त्रीपरिषद्को चैत १६ गतेको बैठकबाट पाएको जिम्मेवारी अनुसार चीनको सरकारी स्वामित्वको चाइना सिनोफर्मा इन्टरनेशनल कम्पनीसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर बराबरको स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको थियो ।













