नेपाल आइपुगे श्रीलंकाका सेना प्रमुख

१ चैत, काठमाडौं । श्रीलंका सेनाका प्रमुख एडब्लूजे सिल्भा औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।

उनलाई उपरथी विनोद कुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणको क्रममा सिल्भाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री बालकृष्ण खाँण र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भम्रणको क्रममा उनले नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हेडक्वाटर तथा विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नेछन् । उनले नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम पनि छ ।

तपाइको मत