नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक निष्कासित

२९ पुस, काठमाडौं । नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् ।
अध्यागमनसम्बन्धी अपराधमा २ सय ७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो ।
सन् २०१६ मा चीनका १ सय २४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन् ।
त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६-६ नागरिक निष्कासनमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन् । ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको छ।

गत वर्ष ३ सय २६ विदेशी नागरिक निष्कासनमा परेका थिए ।

तपाइको मत