नेपाल आयल निगमले घटायो पेट्रोलियमल पदार्थको मूल्य

१ माघ ०८०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियमल पदार्थको मूल्य समायोजन गरेको छ ।

भारतबाट पछिल्लो समय मूल्य घटेर आएसँगै निगमले सोमबार विज्ञप्ति निकालेर पेट्रोलियमल पदार्थको मूल्य समायोजन गरेको जानकारी दिएको हो ।

घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेभएको छ । समायोजनसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।

सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।