३१ साउन ०७४, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले तराईका बाढी पीडितलाई ३० लाख रुपैयाँको औषधि वितरण गरेको छ ।
बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा नेपाल औषधि व्यवसायी संघको अञ्चल र जिल्ला शाखाबाट ३० लाख रुपैयाँ बराबरको औषधि वितरण गरेको हो ।
संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको जानकारी दिए ।
औषधि व्यवसायी संघले मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणी अञ्चल शाखाले बाढी पीडितका स्वास्थ्य उपचारमा लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
केन्द्रीय कार्यालयले प्रभावित क्षेत्रमा पीडितका आवश्यक वस्तु र सेवालाई सरकारी संयन्त्रसँग सहकार्य गरेर राहतका कामलाई अगाडि बढाउन सबै शाखाहरुलाई निर्देशन दिएको छ ।