नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु

६ असार ०७४, काठमाडौं । परराष्ट्र मन्त्रालयमा नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु भएको छ ।

चार वर्षको अन्तरालमा भएको ११औँ बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

दुबै मुलुकका परराष्ट्र सचिव नेतृत्वको उक्त छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श गर्ने कार्यक्रम छ ।

बैठकमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका प्रमुख साझा मामिलामा पनि विचारविमर्श हुने उक्त कार्यसूचीमा उल्लेख छ ।

बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युले गरेका छन् भने २० सदस्यीय नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गरेका छन् ।

 

तपाइको मत