काठमाडौं । अखिल नेपाल औद्योगिक मजदुर संघ नेपाल डिष्ट्रीलरी प्रा.लि.को दोस्रो इकाई सम्मेलन सम्पन्न भएको छ ।
अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुम बहादुर रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
पाण्डेको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष प्रकाश पाण्डे, सचिव जीवन अधिकारी, उपसचिव आनन्दराम लामिछाने, कोषअध्यक्ष राजु तामाङ रहेका छन् ।
यस्तै सदस्यहरुमा कृष्णकुमार बोहोरा, अमिन तामाङ, पदम आले, राजन गुरुङ, श्यामप्रसाद पाण्डे, रामप्रसाद श्रेष्ठ, बिजय गुरुङ र जीवनकुमारी रिजाल रहेकी छन् ।
सम्मेलनले अस्थायी करारमा रहेका सम्पूर्ण श्रमिकलाई स्थायी गराउन पहल गर्ने, आगामी वर्ष हुने सामुहिक सौदावाजीलाई मजदुरको हक र हितमा स्थापित गर्ने साथै श्रमको अत्यावश्यक मागलाई प्रभावकारी बनाउन पहल गर्ने लगायतका कार्ययोजना पनि पारित गरेको छ ।
सो सम्मेलनमा अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुम बहादुर रेग्मीको प्रमुख आतिथ्यता साथै उपाध्यक्ष रामजी मण्डल र सचिवहरु खड्ग लामा, भोज बहादुर रङ्गेली ठाकुरी लगायतको आतिथ्यता रहेको थियोे ।