नेपाल–भारत महाकालीलाई सीमा नदी मान्न सहमत – काँग्रेस सभापति देउवा

२८ कार्तिक ०७६, कैलाली । प्रमुख प्रतिवक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत महाकाली नदीलाई सीमा नदी मान्न सहमत भएको बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटका क्रममा काँग्रेस सभापति देउवाले सुगौली सन्धि हुँदा महाकाली नदीलाई सीमा नदी मान्ने र दुबै देशले आधा–आधा पानी बाँड्ने सहमति भएको पनि बताएका हुन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन सरकारले कुटनीतिक पहल थाल्नु पर्ने भन्दै उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई कुटनीतिक पहलबाटै फिर्ता लिनुपर्ने बताए ।

उनले काँग्रेस कार्यकर्ताहरुलाई आगामी उपनिर्वाचनमा एकजुट र जिम्मेवार भएर चुनावका लाग्न निर्देशन समेत दिए ।

तपाइको मत