७ मंसिर ०७४, काठमाडौं । मंसिर १० गते हुन गइरहेको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनका लागि नेपाल–भारत सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द हुने भएको छ ।
पहिलो चरणमा हुने चुनावमा प्रदेश नम्बर ७ का भारतसँग सीमा जोडिएका बैतडीका झुलाघाट र दार्चुलासँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।
दुई देशका सुरक्षा अधिकारीबिच चुनावी सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । अधिकारीले सीमा नाकामा बिरामी बाहेक सवारी साधन र पैदल यात्रु आवतजावतमा समेत पूर्ण रोक लगाइने बताए ।
सीमा नाका आज राति १० बजेदेखि मंसिर १० गते राति १२ बजेसम्मका लागि बन्द हुनेछ ।













