नेपाल र चीन बीच भएका सम्झौता कार्यान्वयन हुने चिनियाँ विदेशमन्त्री विश्वास

m-w

३२ साउन, काठमाडौं । बेइजिङ पुगेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार भएको भेटवार्तामा नेपालको सरकार परिर्वतन नेपालको आन्तरिक मामिला हो भन्दै दुई देश बीच भएका सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

अर्थमन्त्री महराले भेटवार्तामा चीनसँग भएको सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै, उनले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डले आफ्नो समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो पत्र हस्तान्तरण गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा राजनीतिक शक्तिहरु देशमा शान्ति, स्थायित्व र विकासमा एकतावद्ध होउन् भन्ने चीनको चाहना भएको बताका छन् ।

तपाइको मत