२५ भदौ ०७४, दार्चुला । नेपाल र भारतका अधिकारीहरुले सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध व्यापार तथा चोरी शिकारी नियन्त्रणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

दार्चुलामा आइतबार सम्पन्न अन्तर देशीय बैठकले अबैध वन्यजन्तु व्यापार नियन्त्रण तथा सीमामा हुने चेलीबेटी बेचबिखन, यौन जन्य अपराध, ड्रक्स, बहुमुल्य जडीबुटी गाँजा चरेश जस्ता अबैधानिक घटना नियन्त्रण गर्न त्यस्तो निर्णय गरेको हो ।
सीमा सशस्त्रप्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अम्बिका प्रसाद जोशीको समन्वयमा तथा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक जनक बहादुर शाहीकोे सहयोगमा भएको बैठकमा नेपाली पक्षको नेतृत्व प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतमले गरेका थिए ।
बैठकमा भारतीय पक्षको नेतृत्व गर्दै पिथौरागढ जिल्ला प्रहरी उपरीक्षक ध्यानसिंहले प्रत्येक तीन महिनाको अन्तमा हुने सीमा बैठकमा यो एजेन्डाले प्राथमिकता पाउने गरेको बताए ।
उनले भने ‘अब यस बिषयमा गहन रुपमा लागेका छौँ । सीमामा आवश्यकता अनुसार संयुक्त गस्ति तथा सूचना आदान-प्रदान गरी अपराध नियन्त्रण गर्न सकिनेछ ।’
नेपालका तर्फबाट सीमा क्षेत्रमा हुने अपराध नियन्त्र गर्न प्रतिबद्धता जनाइएको छ ।













