१३ चैत ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिकित्सक तथा प्राविधिकहरुसँगै रहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले सरकार चिकित्सक तथा प्राविधिकहरुसँगै रहेको बताएका हुन् ।
चिकित्सक तथा प्राविधिकहरुलाई हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचार गर्न आग्रह गर्दै उनले सिफारिसका थप सामग्रीहरु उपलब्ध हुने बताएका छन् ।
“हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौँ” कोभिड–१९ विरुद्ध सबै एकजुट भएर सामना गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ, सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔं ।”
सरकारले हालै नेपालमा कोभिड १९ को संक्रमण देखिएपछि यसको रोकथाम र नियन्त्रणका लागि चीनबाट स्वास्थ्यकर्मीहरुलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत अत्यावश्यक सामग्री मगाएको छ ।