१९ असार ०७७, काठमाडौं । नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीनिकट विद्यार्थी संगठन “नेपाल विद्यार्थी संघ” पछिल्लो समय गुट उपगुटमा विभाजित भई कमजोर भएको बताएका छन् ।
शुक्रबार काठमाडौंँको शान्तिबाटिकामा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले कांँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले विद्यार्थी नेताहरुलाई झगडा गरेर समय बर्बाद नगर्न र संगठन बलियो बनाउन निर्देशन दिँदै भने, ‘‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस्, गाउँ ठाउँमा सबै स्कुल, कलेजमा जित्नुस् ।”
सभापति देउवाले आफू चार पटक प्रधानमन्त्री भइसकेको दलिल पेश गर्दै विद्यार्थी नेताहरुलाई प्रश्न गरे, “बलियो सङ्गठनबिना कसरी देशको नेता बन्छौँं ?”