नेवि संघको महाधिवेशनमा भारतीय नम्बर प्लेटको गाडी सरर

Basnet

२६ साउन, काठमाडौं । नेवि संघको महाधिवेशनमा भारत विहारको नम्बर प्लेट भएको स्कार्पियो गाडी निर्वाध प्रयोग भइरहेको छ ।

नेपालमा भारतीय नम्बर प्लेटका गाडी निर्वाध चल्नु सामान्य हो तर, नेवि संघको महाधिवेशन प्रचार प्रसारमा देशको प्रमुख प्रशासनिक केन्द्रमै भारतीय नम्बर प्लेटका गाडीमा अगाडि नेवि संघको झण्डा र पछाडि आफ्नो फोटो अंकित ब्यानर राखेर नेताहरु हुँइकिरहेका छन् ।

भारतीय गाडी प्रयोग गर्नेमा अध्यक्ष पदका दाबेदार शुभराम बस्नेत लगायत छन् । बस्नेतले गाडीको पछाडि पट्टी नेविसंघको झण्डा र तल आफ्नो नाम अंकित ब्यानर राखेका छन् ।

कांग्रेस नेता खुमबहादुर खड्का निकट बस्नेत शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।

तपाइको मत