नौ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित संख्या २६७ पुग्यो

२ जेठ ०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड –१९) का पुष्टि भएकाहरूको संख्या २६७ पुगेको बताएको छ ।

मन्त्रालयले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि संख्या नौ (९) रहेको र यससँगै संक्रमित संख्या २६७ पुगेकाे जनाएको हो ।

संक्रमितहरु पर्साको विरगंज निवासी ९, १० वर्षीय बालक २३, ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५ र तुलसीपुर ७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरू रहेको जनाएको छ ।

यस्तै काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालक पनि संक्रमित रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उनीहरुको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएको छ ।

प्रेस विज्ञप्ति