नौ दलको जनसभामा निजामति कर्मचारी र शिक्षक-विद्यार्थीहरु सहभागी

3

२२ पुस, काठमाडौ । नेकपा एमालेले नौ दलको नामबाट गरेको जनसभामा कार्यक्रममा निजामति कर्मचारी, राष्ट्रसेवक कर्मचारीहरु, कार्यालयको कामै छाडेर र शिक्षक-विद्यार्थीहरु अध्ययन-अध्यापन नै छाडेर सहभागी भएका छन् ।

4

शुक्रबार राजधानीको राष्ट्रिय सभागृह अगाडि चोकमा भएको शक्ति प्रदर्शनमा राज्यकोषबाट तलबभत्ता खाने राष्ट्रसेवक कर्मचारीहरु नै कार्यालयमा बसेर नागरिकलाई सेवा नदिई पार्टीको जुलुस र जनसभामा सहभागी भएका  हुन् ।

यसैगरी राजधानीका कतिपय स्कुलका शिक्षक–शिक्षिकाहरुले आफ्ना स–साना विद्यार्थीहरुलाई लाइन लगाएर बुद्धनगरको बाटो भएर कार्यक्रमस्थल पु¥याएका थिए ।

2

 नेकपा एमाले लगायत सत्तामा नरहेका नौ दलको विरोध कार्यक्रममा राज्यकोषबाट तलबभत्ता खाने कर्मचारीहरु पार्टीको झण्डा बोकेर सडकमा निस्किएपछि राजधानीका सरकारी कार्यालयका सेवाग्राहीहरु प्रभावित भएका छन् ।

5

कर्मचारीहरु एमालेको झण्डा बोकेर पेशागत महासंघ अन्र्तगतको ‘नेकपा एमाले पेशागत बिशेष जिल्ला कमिटी’ को ब्यानरमा जुलुसमा देखिए ।

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेल जुलुसको नेतृत्व गर्दै अग्रभागमा देखिएका थिए भने उनीहरुका पछिपछि सरकारी कर्मचारीहरु पार्टीका कार्यकर्ताजस्तै गरी लामवद्ध भएका थिए ।

1

राजधानीका कतिपय स्कुलका शिक्षक–शिक्षिकाहरुले आफ्ना स–साना विद्यार्थीहरुलाई लाइन लगाएर बुद्धनगरको बाटो भएर कार्यक्रमस्थल लग्दै गरेको दृष्यले नेपालको शिक्षक–शिक्षिका साथै स्कुलको अवस्थालाई गिज्याइरहेको थियो ।

निजामति सेवा ऐनको आचरणसम्बन्धी महलमा सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ 

निजामति सेवा ऐनको आचरणसम्बन्धी महलमा कर्मचारीहरु राजनीतिक दलको सदस्य हुन पाउँदैन । यस्तै उनीहरुले दलका झण्डामा कुनै क्रियाकलाप गर्न पाउने छैनन् । त्यस्तो गतिविधिमा संलग्न भएमा उनीहरुलाई स्पष्टीकरण सोध्ने, सचेत गराउने र भविश्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने सम्मको व्यवस्था रहेको छ ।

दलको झण्डा बोकेर पार्टीको कार्यक्रममा सहभागी भए कारवाही गर्ने चेतावनी

यसैबिच मुख्यसचिव सोमलाल सुवेदीले राष्ट्रसेवक कर्मचारीहरु दलको झण्डा बोकेर पार्टीको कार्यक्रममा सहभागी भएकोमा कारवाही गर्ने चेतावनी दिएका छन् ।

व्यानरसहित कार्यक्रममा सहभागी कर्मचारीलाई पत्रकारको क्यामेराले देखे पनि मुख्य सचिव सुवेदीले ती कर्मचारीलाई देख्ने हुन कि होइनन् ? केही दिन पर्खनै पर्ने हुन्छ ।

‘मैलेको सहभागी भए देखेको छैन, यदि सहभागी भएको प्रमाणित भयो भने कारवाही हुन्छ’ भन्दै मुख्यसचिव सुवेदीले यस विषयमा सामान्य प्रशासन मन्त्रालयसँग कुरा गर्ने बताएका छन् ।

तपाइको मत