२२ जेठ ०७९, काठमाडौं । न्यायपरिषद सदस्य एवं कानूनमन्त्री गोविन्द बन्दीको नेतृत्वको समितिले न्यायाधीश नियुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार पारेको छ ।
उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि समितिले निर्देशिकाको मस्यौदा तयार पारेको हो ।
यसअघि न्यायपरिषदका सदस्यहरूको प्रस्ताव र भागवण्डामा न्यायाधीशको नाम प्रस्ताव हुन्थ्यो तर मस्यौदामा न्यायाधीश हुन चाहनेले स्वयं उपस्थित भई वा विद्युतीय माध्यमबाट न्याय परिषदको सचिवालयमा निवेदन दिनुपर्ने साथै न्यायाधीशले माथिल्लो पदमा निवेदन दिएको अवस्थामा फैसला अध्ययन समितिले न्यायाधीशको कार्यक्षमताको बारेमा दिएको राय प्रतिक्रियालाई समेत नियुक्तिको आधार बनाउने प्रस्ताव गरिएको छ ।













