न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गयो

१७ भदौ, काठमाडौं । शुक्रबार बिहान न्युजिल्याण्डमा गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।

नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रकाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् । भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले  जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।

तपाइको मत