१३ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप ३११ जना कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३११ जनामा कोरोना संक्रमित पुष्टि भएको र योसँगै कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको बताएका हुन् ।
उनले हालसम्म कोरोना संक्रमित १३ हजार ८७५ जना निको भई घर फर्किसकेको बताए । साथै, ५ हजार २३९ जना आइसोलेसनमा र १५ हजार ३३१ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।
यस्तै बझाङ जिल्ला बुंगल नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भएका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको साउन ९ गते घरमै निधन भएको बताए । उनले ती पुरुष भारतको बैङ्गलोरबाट असार २४ गते बझाङ पुगेको बताए ।