२९ पुस ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत ४ जना पत्रकार कतारमा पक्राउ परेका छन् ।
सोधपुछका लागि भन्दै महासंघका अध्यक्ष आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारी र कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई कतारी सीआइडीले नियन्त्रणमा लिएको हाेे ।
नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशन चलिरहेका बेला उनीहरुलाई करिब ३ बजेकाे समयमा कार्यक्रमस्थलबाटै पक्राउ गरेको हो ।
कतारस्थित नेपाली दूतावासले उनीहरुको रिहाईका लागि विशेष पहल गरिरहेको जनाएको छ ।













