सप्तरी शाखाका पत्रकारहरु भन्छन् – विधान सम्मत जिल्ला अधिवेशन सम्पन्न गर !
३० चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पत्रकारहरुले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी भवनको प्रवेशद्वारमा नै धर्ना बसेका छन् ।
सप्तरीबाट आज बुधबार काठमाडौं आइपुगेका सप्तरी शाखाका पत्रकारहरु दिउँसो १२ बजे भवनको मूलढोकामा तालाबन्दी गरी ‘सप्तरी पत्रकार महासंघमा अवैधानिक हस्तक्षेप बन्द गर, विधान सम्मत जिल्ला अधिवेशन सम्पन्न गर’ लेखिएको व्यानर टाँगेर धर्ना बसेका हुन् ।
केन्द्रीय पदाधिकारीहरुको व्यापक उदासिनता र गैरजिम्मेवारीपनाले गर्दा नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा झण्डै दुई वर्षदेखिको विवाद समाधान हुन नसकेको उनीहरुको जिकिर छ ।
उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका अधिकार सुनिश्चित गर्न सत्य, तथ्य, निष्पक्षरुपमा कलम चलाउँदै आइरहेका पत्रकारहरु आज आफैँ पीडित भएपछि बाध्य भएर केन्द्रीय कार्यालयमा धर्ना दिन आउनु परेको बताउँछन् ।
यसअघि विवाद समाधान गर्न ज्ञापन पत्र केन्द्रीय कार्यालयमा पटक–पटक बुझाइसकेको तर सुनुवाई नभएकाले बाध्य भई समस्या समाधानका लागि मिति २०७३ साल चैत ३० गतेदेखि महासंघको काठमाडौस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बस्नु परेको सप्तरीबाट काठमाडौसम्म संघर्ष आउनु परेको कारण पत्रमा उल्लेख गरिएको छ ।
यसअघि महासंघको केन्द्रीय कार्यसमितिले गत फागुन ७ गतेको अधिवेशन अनिश्चितकालीन स्थगन गरेको तर जिल्लाको विवाद समाधानै नगरी बैशाख ७ गतेभित्र अधिवेशन गराउनु पर्ने निर्देशन दिएपछि विवाद समाधानका लागि आफूहरु संघर्षमा उत्रिन बाध्य भएको संघर्षमा उत्रिएका सप्तरी शाखाका पत्रकारहरुले बताएका छन् ।
सप्तरी शाखाका पत्रकारहरुको माग के हो ? पूर्णपाठ यस्तो छ :
सांकेतिक अनसन बस्दै महासंघका केन्द्रीय पार्षद् विद्रोही
यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय पार्षद् भावना विद्रोहीले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र जिल्ला शाखा काठमाडौं श्रमजीवी पत्रकारहरुको सवालमा जिम्मेवार नभएको भन्दै ७ दिनदेखि महासंघको प्रवेशद्वार छेवैमा आमरण अनसन बसेकी छिन् ।
विद्रोहीले आफ्नो माग सुनुवाई नभए सांकेतिक अनसन, आमरण अनसन हुँदै अनिश्चितकालीन आमरण अनसन बस्ने ध्यानाकर्षण पत्र जारी गरेकी छिन् ।
आफ्ना जायज मागहरु सुनुवाई गर्नुको सट्टा महासंघका पदाधिकारी मौखिकरुपमा तपाईको माग पूरा भइसक्यो भनेर पन्छिने प्रयास गरेको उनको जिकिर छ ।
भावना विद्रोहीको ध्यानाकर्षण पत्र जस्ताको तस्तै :