पत्रकार महासंघ आन्दोलित :साताव्यापी आन्दोलनको घोषणा

२९ बैशाख ०७६, काठमाडौं । मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गरेपछि नेपाल पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको प्रावधान सच्याउन माग गर्दै महासंघले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विधेयकले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको ठहरसहित महासंघले जेठ ३ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । महासंघले आइतबार सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ ।

महासंघले संसदमा विचाराधीन विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्याउन पनि माग गरेको छ । मस्यौदा हुँदै गरेको आम सञ्चार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्बन्धमा सबै सरोकारावाला पक्षसँग छलफल र सहमति कायम गर्न आग्रह गरेको छ ।

विद्यमान प्रेस काउन्सिललाई विस्थापित गरी छापा, टीभी, रेडियो, अनलाइनजस्ता आमसञ्चारका सबै माध्यमको नियमन गर्ने उद्देश्य राखेर मिडिया काउन्सिल गठन गर्ने सरकारको प्रस्ताव छ ।

तपाइको मत