९ माघ ०७८, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पताल पत्रकार लालबहादुर विश्वकर्माको निधनबारे छानबिन गर्न समिति गठन गरेको छ ।
स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत बिहीबार बिहान निधन भएको थियो ।
बुधबार सिभिल अस्पतालले इमर्जेन्सी विभागमा भर्ना भएका विश्वकर्मालाई पाटन अस्पताल रिफर गरेको थियो । सिभिलले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको र समयमा उपचार नपाउँदा मृत्यु भएको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको इमरजेन्सी विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।













