१८ भदौं ०७६, काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई ज्ञापनपत्र समेत बुझाएको छ ।
पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका छन् ।
कास्कीको सिसुवाबाट भदौ ६ गते गिरफ्तार परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पुन गिरफ्तार गरेको थियो ।













