काठमाडौं । आजको दैनिक पत्रपत्रिकाले प्रमुख दलबीच सहमति जुटाउन संसद स्थगित भएको साथै प्रधानमन्त्रीको राजीनामासँग सम्बन्धित समाचारलाई पहिलो पृष्ठमा छापेका छन् ।
आज अन्नपूर्ण पोष्ट दैनिकले बिनाप्रतिस्पर्धा बुढीगण्डकी, नेताहरुको भनाभनले संसद स्थगित लगायतका शीर्षकको समाचारलाई पहिलो पृष्ठमा महत्वका साथ प्रकाशित गरेको छ ।
यस्तै गोरखापत्र दैनिकले प्रमुख दलबीच सहमति जुटाउन संसद स्थगित, तत्काल सत्ता फेरबदल नगर्न ओलीको आग्रह साथै भुकम्प पीडितलाई तीन लाख निव्र्याजी ऋण लगायत शीर्षकमा समाचारलाई पहिलो पृष्ठमा प्राथमिकता दिई छापेका छन् ।
यसैगरी नागरिक दैनिकले रोकियो प्रधानमन्त्रीको राजीनामा, बुढीगण्डकी गेजुवाले बनाउने लगायका समाचारलाई प्रथमिकता दिई पहिलो पृष्ठमा छापेको छ ।
यसैगरी कान्तिपुर दैनिकले बेलायतमा आतंकवादी आक्रमण, दाहाल नै राख्ने ओलीको चाहना लगायतका समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।
यसैगरी राजधानी दैनिकले अलमलमा आयोग, यसरी रोकियो राजीनामा साथै राहत चामलका लागि सडक खन्दै सुत्केरी लगायतको समाचार पहिलो पानामा प्रमुखता दिई प्रकाशित गरेको छ ।