परराष्ट्रमन्त्री महरा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

२० असार ०७४, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

साेमबार परराष्ट्रमन्त्री महराले स्वराजसँग नयाँ दिल्लीस्थित जनपथको जवाहरलाल नेहरु भवनमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तापछि विदेशमन्त्री स्वराजले परराष्ट्रमन्त्री महराको सम्मानमा सोही स्थानमा रात्रीभोजको आयोजना गरेकी छन् ।

परराष्ट्रमन्त्री महरा र भारतीय विदेशमन्त्री स्वराज बीच दुई देशकाे आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।

तपाइको मत