१४ मंसिर ०७४, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवर्तन नचाहने शक्तिहरू सक्रिय हुन थालेको बताएका छन् ।
गृहनगर झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले लोकतन्त्रलाई बलियो हुन नदिने र परिवर्तन नचाहने शक्तिहरू सक्रिय हुन थालेको बताएका हुन् ।
उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिवर्तन नचाहने शक्ति विरुद्धको लडाइँ भएको समेत बताए ।
‘यो निर्वाचन परिवर्तन चाहने र मुलुकलाई यथास्थितिमा राख्नेबीचको प्रतिस्पर्धा हो ।’ ओलीले भने, ‘हामीले राजनीतिक स्थायित्व र स्थायी सरकार निर्माणका लागि वाम गठबन्धन गरेका हौँ ।’
काँग्रेसले सरकार चलाउँदा अधिनायकवाद नहुने, बाम गठबन्धनले जनमत लिएर सरकार चलाउँदा अधिनायकवाद हुन्छ भन्ने कुरा हाँस्यास्पद भएको उनले बताए ।













