पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु, विभिन्न ठाउ डुवानमा

२७ असार ०७६, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न ठाउ डुवानमा परेका छन् ।

लगातारको वर्षाका कारण नदीहरुमा पानीको सतह बढेकाले कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी पसेको छ ।

त्यस्तै बल्खु खोलामा आएको बाढी बस्तीमा पसेपछि कुलेश्वर कुलेश्वर क्षेत्र पनि डुवानमा परेको छ । कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी पनि डुवानमा परेको छन् । अधिकांश घरको पहिलो तला सम्पूर्ण डुवानमा परेका छन् ।

यसैगरी लगातार वर्षा कारण सिहरदरबारको पर्खाल पनि भत्किएको छ ।

सिहंदरबारकोपूर्वी गेट नजिकै पर्खाल भत्किएको हो । सिंहदबारतर्फ भवन निर्माणको लागि जग खन्दा निस्किएको माटो थुपिरिएको र लगातार पानी पर्दा त्यसको चापले पर्खाल भत्किएको अनुमान छ । पर्खाल भत्किँदा एक जना घाइते भएको स्थानीयबासीले बताए पनि प्रहरीले पुष्टि गरेको छैन ।

पर्खाल भत्किँदा केहीबेर अनामनगर क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो । अहिले सुरक्षाकर्मीले डोजरको सहयोगमा सडकमा थुप्रिएको मोटो र इँटा हटाएको छ ।

यसैगरी काठमाडौंको मूलपानीस्थित बाबा चोकमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार मृत्यु हुनेमा शर्मिला यादव, उनको छोरा कुन्दन यादव र देवरानी निलु यादवको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीय बलराम खत्रीको पक्की घरको पर्खाल भत्किँदा यादव परिवार बस्ने टहरा पुरेको थियो ।

लगातार परेको वर्षाले देशभरिका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

तपाइको मत