पहाडी भू-भागमा हल्का वर्षा र हिमपात, बाँकी भू-भागमा मौसम सफा रहने

१६ कार्तिक ०८२, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको साथै बाँकी भू–भागमा भने मौसम सफा रहने जनाएको छ ।

विभागले बङ्गालको खाडीबाट आएको ‘मोन्था’ चक्रवात आजदेखि देशभर क्रमशः सुधार हुँदै जाने बताएको हो ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।