४ मंसिर, रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान भैरहवा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पाँच नम्बर प्रदेशलाई छुट्याउन जनताले माग नराखेको बताएका छन् ।
‘पाँच नम्बर प्रदेश छुट्याउनु पर्ने माग कसको हो ?’ ओलीले प्रश्न गर्दै भने, ‘पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपयको छ, पाँच नम्बर प्रदेशलाई छुट्याएर के प्राप्त हुन्छ ?’
उनले पाँच नम्बर प्रदेशलाई कुनै पनि हालतमा छुट्याउन नसकिने बताउँदै यस्ता मागका पछाडि नलाग्न आग्रह समेत गरे ।
सञ्चारकर्मीको एक प्रश्नमा एमाले अध्यक्ष ओलीले कुनै पनि मुलुकमा अङ्गिकृत नागरिकताधारीले संवैधानिक अङ्गको प्रमुख बन्न पाउने प्रावधान नभएकाले नेपालमा पनि तिनलाई संवैधानिक अङ्ग प्रमुख बनाउन नसकिने बताए ।