पहिरोमा परेर अछाममा २१ जनाको मृत्यु

१ असोज ०७९, काठमाडौं । अछामको विभिन्न स्थानमा शनिबार गएको पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ ।

शुक्रबार रातिदेखि परेको ठूलो पानीका कारण तीन स्थानीय तहको पाँच स्थानमा गएको पहिरोमा परेर २१ जना मृत्यु र २ जना वेपत्ता भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अछामले दिएको जानकारी अनुसार जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक स्थान, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको दुई स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको छ ।

प्रशासकीय अधिकृत दिपेश रिजालले तुर्माखाँद गाउँपालिका–५ मा ८ जना, कमल बजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना साथै ढकारी गाउँपालिका–६ मा १ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

उनले पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको बताए ।