पहिरोले बुटवल–पाल्पा सडकखण्ड आवागमन अवरुद्ध

१२ साउन ०७७, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पहिरो जाँदा आवागमन अवरुद्ध भएको छ ।

गएराति पाल्पाको तिनाउ गाउँपालिकाको झुम्सा, नागमन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्रको सडकमा खसेको पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकअवरुद्ध भएसँगै बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने आउने सवारी साधनहरु बीचमै रोकिएको जानकारी दिएको छ ।