६ मंसिर ०७४, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको मतदानको मुखैमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको छ ।
गृहमन्त्रालयको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाको ठाडो प्रस्तावमा मन्त्रीपरिषद् बैठकले पहिलो चरणको मतदानको मुखैमा बागलुङ र नुवाकोटका प्रहरी प्रमुख फेरिएका हुन् ।
बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो ।मिङमारलाई हेडक्वार्टर तानेर उनको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।
त्यस्तै, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजी बढुवा भएका हुन् ।
बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।













