१० मंसिर ०७४, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण अन्तर्गतको निर्वाचन हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरू भएको छ ।
संविधान जारी भएपछि पहिलोपटक संघीय संरचना अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान भइरहेको छ ।
मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेरबिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।













