पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ गते मतदाता परिचय पत्र वितरण गरिने

२५ कार्तिक ०७४, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ ।

 निर्वाचन आयोगका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट  वितरण गर्ने जनाएको हो ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि उक्त मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।

आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा सबैलाई सूचीत गरेको छ ।

तपाइको मत