२९ चैत, पाँचथर । हिलिहाँङ गाउँपालिका ७ सिर्वानी दोभान जंगलबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा गाउँमा पस्दा पाँचथर जिल्लाको सवाङमा ११ घर जलेर नस्ट भएको छ ।
सोमबार दिउँसो करिब एक बजे सिर्वानी दोभानबाट सल्किएको आगो गाउँ पसेपछि इन्द्रबहादुर पङ्धाक, डिल्ली पङधाक, राज कुमार पङ्धाक, राजेन्द्र पङ्धाक, मदन चापागाई, गोपाल खनाल, कुलबहादुर खनाल, गोपाल खनाल, मानबहादुर खनाल, रबिलाल चापागाई र चन्द्रप्रसाद चापागाईको घर, गोठ र गाई–भैंसी जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा आएको छ ।
आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको थियो ।