पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला नछुट्याउन माग गर्दै विरोध प्रदर्शन

१० मंसिर, रोल्पा । रोल्पामा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला नछुट्याउन माग गर्दै  विरोध प्रदर्शन भएको छ ।

शुक्रबार बिहान युवा तथा विद्यार्थीहरुले विरोध र्‍याली निकालेर सदरमुकाम लिवाङ बजार परिक्रमा गरेका छन् । सर्बदलीय, सर्वपक्षीय सरोकारवालाको ब्यानरमा निकालिएको र्‍यालीमा सहभागीहरुले ५ नम्बर प्रदेश टुक्राउन पाइँदैन, संघीयता मर्म विपरीतका हर्कत बन्द गर, हाम्रा माग सम्बोधन गर लगायतका नारा लगाएका थिए ।

पाँच नम्बर प्रदेशबाट रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मी तथा चार नम्बर प्रदेशबाट बाग्लुङलाई छुट्याएर सरकारले आठौं प्रदेश बनाउन प्रस्ताव गरेको छ । तर, यस प्रस्तावको विरोध भइरहेको छ ।

तपाइको मत