१८ फागुन ०७४, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन भएका छन् ।
प्रधानमन्त्री अब्बासी सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउन लागेको बताइएको छ ।
दुई दिने नेपाल भ्रमणको क्रममा अन्य राजनीतिक भेटबार्ता पनि गर्ने छन्। नेपाल बसाईमा उनले प्रधानमन्त्री ओलीसहित माओवादी अध्यक्ष पुष्पकल दाहाल, काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्न बताइएको छ ।
अब्बासीको नेपाल भ्रमणलाई सार्क शिखर सम्मेलन आयोजनाको लविङको रुपमा समेत हेरिएको छ । पाकिस्तानमा सन् २०१६ मा हुने भनिएको शिखर सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको छ । नेपाल सार्कको अध्यक्ष हो ।













