२९ बैशाख, काठमाडौं । भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले नेपालले चीनको समर्थन लिएर भारतलाई धम्क्याएको भन्दै
नेपाली सीमा क्षेत्रमा तारबार लगाउन माग गरेका छन् ।
लोकसभाको शुन्य समयमा बोल्दै बुधबार दुवेले नेपाली सीमा क्षेत्रमा पनि पाकिस्तान र बंगलादेशको सीमामा जस्तै तारबार लगाउन माग गरेका छन् । उनले राजदूत उपाध्यायलाई फिर्ता बोलाएको र नेपालका लागि भारतीय राजदूतलाई फिर्ता पठाउने षड्यन्त्र भइरहेको समेत बताए ।
नेपाल आफैंमा कमजोर देश भए पनि चीनको समर्थनमा भारतलाई धम्क्याएको भन्ने दुवेको जिकिर थियो ।